उपत्यकाबाट बाहिर जान दिने निर्यणको विरोध, बेखर्चीलाई राहत दिन माग

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ११ : ५९


काठमाडौं । सरकारले दुई दिन उपत्यका बाहिर जानेका लागि खुला गर्ने निर्णय गरेपछि विविध प्रतिक्रिया आइरहेका छन्।

यसैबीच, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जानेलाई दुई दिन सवारीको व्यवस्था गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले लकडाउनको अर्थ लकडाउन नै हुने भन्दै  काठमाडौं बाहिर जान दिनु मात्र सत्य नभएको बताएका हुन् । 'काठमाडौं बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होलाु फेसबुकमा उनले लेखेका छन् । उनले बेखर्ची बनेकालाई बरु राहत दिनुपर्ने सुझाव दिएका छन् । 

त्यसैगरी उनले प्रदेश ५ का नागरिकलाई  ठाउँ नछाड्न आग्रह गरेका छन् । उनले भनेका छन्, 'जो जहाँ छौँ त्यही वसौँ, समस्या भए वडा कार्यालयमा सम्पर्क गरौँ । ३ गतेपछि सिमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ। धैर्य गरौँ।'


प्रतिक्रिया दिनुहोस्