गगन थापाको सुझाव-‘सांसदहरुको तलब काटेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिऔं’

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ११ : ०२


काठमाडौ । नेपाली काँग्रेसका सांसद एवं पूर्व स्वास्थ्यकमन्त्री गगन थापाले ड्युटीमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिन सरकारसँग माग गरेका छन्।

कामविहिन रहेको संसदका सबै सदस्यहरुको तलब कटौती गरेर कोरोना भाइरसको रोकथामका लागि जोखिम मोलेर खट्नेहरुलाई दिन थापाले माग गरेका छन्।

पछिल्लो समय सरकारले भत्ता उपलब्ध गराउने जनाएपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन। 

प्रहरी संगठनले जुनियर देखि सिनियर सबै अधिकृतको केहि तलब काटेर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेपछि विरोध भइरहेको छ।

नेता थापाले ट्विटमा भनेका छन्, ''महासंकटको यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं।''
 

यो पनि

प्रहरीको तलब काट्ने निर्णयको चौतर्फी विरोध
 


प्रतिक्रिया दिनुहोस्