शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारकाे निर्णय

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : ४६


काठमाडौं । शुक्रबार र शनिबार उपत्यकामा रोकिएका सर्वसाधरणलाई उपत्यका बाहिर जान दिने सरकारले निर्णय गरेकाे छ ।

काठमाडौँमा रहेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको बताइएकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

रक्षामन्त्री तथा उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलले सरोकारवाला मन्त्रीहरुसँग छलफल गरी काठमाडौंमा डेरा गरि बस्ने तथा मजदूरी गरिरहेका नागरिकहरुलाई घर जानका लागि भोलि र पर्सि दुई दिन आवश्यक व्यवस्था मिलाउन निर्णय गरिएको रक्षामन्त्रीका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले donlineलाई जानकारी दिनुभयो।

काठमाडौंमा अप्ठ्यारोमा पर्नुभएकाहरुका लागि दुई दिन आवश्यक यातायातको व्यवस्था गरी पठाउने निर्णय भएको छ, उहाँले भन्नुभयो, मन्त्रीज्यूले सम्बन्धित मन्त्रीहरुलाई बोलाएर छलफल गर्नुभएको हो। काठमाडौंबाट बाहिर जानका लागि हो, बाहिरबाट काठमाडौं आउनका लागि होइन।


प्रतिक्रिया दिनुहोस्