तलब कटौतीको गुनासोबारे यसो भन्छन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ८ : २१


काठमाडौं । जोखिमपूर्ण ड्युटीमा खट्ने प्रहरीको केही तलब भत्ता काटेर कोरोना कोषमा जम्मा गर्ने निर्णय भएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ।

सरकारले अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिनुपर्ने बेला मनोबल घटनाउने काम भएको धेरैको गुनासो छ।

कामबिहिन रहेको संसदका सदस्य, प्रधानमन्त्री/मन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिहरुको बार्षिक तलब घटाउनुको साटो अग्रपंक्तिमा रहेर काम गर्नेलाई निराश बनाउने निर्णय भएको धेरैले प्रतिक्रिया दिइरहेका छन्।

सामाजिक सञ्जालमा पछिल्लो निर्णयलाई लिएर आलोचना बढेपछि प्रधानमन्त्रीको सचिवालयले स्पष्टिकरण दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले राष्ट्रपति/प्रधानमन्त्री र मन्त्रीहरुको केहि महिनाको तलब कोषमा जम्मा भइसकेको बताएका छन्।

साथै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई भत्ता उपब्ध गराउनेबारे प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा बताइसक्नु भएको थापाले उल्लेख गरेका छन्।

यो पनि

प्रहरीको तलब काट्ने निर्णयको चौतर्फी विरोध
 


प्रतिक्रिया दिनुहोस्