भारतमा कोरोना भाइरसबाट डाक्टरको मृत्यु

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ३०


काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ। भारतको मध्य प्रदेशस्थित इंदौर जिल्लामा कोरोनाको संक्रमणबाट डाक्टरको मृत्यु भएको हो। 

भारतको स्वास्थ्य विभागले डा शत्रुघ्न पंजवानीको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टी गरेको हो। भारतीय मिडियाका अनुसार ती डाक्टरले एक निजी अस्पतालमा काम गर्दै आएका थिए। 

केही दिनअघि कोरोना भाइरसको संक्रमण देखिएका उनको सीएचएल अस्पतालमा उपचार भइरहेको थियो। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसबाट मृत्यु भएका डाक्टर कोरोनाका विरामीको उपचारमा खटिएका डाक्टर भने नभएको समाचारमा उल्लेख छ। 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७८ जनाको मृत्यु भएको छ भने ५ हजार ९१६ जना संक्रमित बनेका छन्। 


प्रतिक्रिया दिनुहोस्