नयाँ दिल्ली । भारतको ओडिसा राज्य सरकारले लकडाउनको समयसिमा बढाउन केन्द्र सरकारलाई प्रस्ताव गरेको छ।
ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले केन्द्र सरकारसामु अप्रिल ३० सम्म लकडाउन बढाउनुपर्ने प्रस्ताव गरेका छन्।
साथै उनले ओडिसा राज्यमा लकडाउनको समयसिमा बढेको घोषणा गरे। अब त्यहाँ अप्रिल ३० सम्म लकडाउन हुने छ।
भारतले यसअघि एकै पटक २१ दिनको लकडाउन घोषणा गरेको थियो।
उक्त समयसिमा अप्रिल १४ तारिखमा सकिदै छ। समयसिमा सकिन ६ अगाडिनै लकडाउन थप गर्ने निर्णय गर्ने ओडिसा भारतमा पहिलो राज्य बनेको छ।
जुन १७ तारिखसम्म ओडिसाभर शैक्षिक संस्था बन्द रहनेछन्।
भारतमा लकडाउन भइरहँदा त्यो प्रभाव नेपालमा पनि पर्छ। खुला सीमाना भएका कारण यदि लकडाउन खुल्ने हो भने सीमानामा थेग्न नसकिने गरी आवतजावत हुन सक्नेछ।
Odisha CM Naveen Patnaik has requested the Centre not to start train and air services till April 30th; Educational institutions in the state to remain closed till June 17th. https://t.co/z5R4a8Cyap
— ANI (@ANI) April 9, 2020