मानिसका यी गल्तीबाट जन्मियो कोरोना भाइरस, अहिले लिइरहेको छ विश्व महामारीको रुप

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ०६


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २०९ देशमा फैलिएको छ। विश्वभर फैलिरहेको यस महामारीको पछाडि मानिसनै जिम्मेवार रहेको एक अध्ययनले देखाएको छ। 

एक अध्ययनले शिकार, खेती र ठूलो संख्यामा मानिसहरु शहरीकरण भएका कारण जैविक विविधतामा ठूलो असर पुगेको र मानिसको बन्यजन्तुसँग सीधा सम्पर्क बढेको बताएको छ। यसै कारणले कोरोना भाइरस जस्तो महामारीको घटना बढेको अध्ययनको दाबी छ। 

अध्ययनका अनुसार कोरोना भाइरसको महामारी पनि जनावरसँग मानिसको धेरै सम्पर्क बढेका कारण फैलिएको हो। अमेरिका र अष्ट्रेलियाका वैज्ञानिकले कुन जनावरले मानिसमा धेरै भाइरस फैलाएको भन्ने कुरा पनि लगाएका छन्।

अहिलेसम्म १४२ वटा भाइरस जनावरबाट मानिसमा फैलिसकेका छन्।  वैज्ञानिकको यस समुहले खतरा हुने प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा निकालिएको छ। गाई, भेडा, कुकुर र बाख्रा जस्ता घरपालुवा जनावरबाट मानिसमा अधिक भाइरस सर्ने सम्भावना हुने गर्दछ। ती जंगली जनावर जो मानिसको वातावरणमा राम्रोसँग घुलमिले हुने गर्दछन, तिनीहरुबाट भाइरस फैलिने घटना सबैभन्दा अधिक हुने गर्दछ। 

मुसा, लोखर्के, चमेरो र सबै स्तनधारी जीव प्राय मानिस, घर र खेतकाबीच रहने गर्दछन्। यी सबै एकसाथ मिलेर ७० प्रतिशत भाइरस फैलाउने अध्ययनले देखाएको छ। सार्स, निपाह, मारबर्ग र इबोला जस्ता भाइरस चमेराबाट मात्रै मानिसमा सरेका थिए। 

लण्डनको रोयल सोसाइटी बी को पत्रिकामा प्रकाशित एक अध्ययनका अनुसार संक्रमण फैलाउन सबैभन्दा धेरै खतरा भनिरहेका छन् ती जंगली जनावर । जसको अवैद्य शिकार, वन्य जीव व्यापार कम हुनासाथ भाइरसको संक्रमण धेरै हदसम्म कम हुन्छ। 


प्रतिक्रिया दिनुहोस्