चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट १५ लाख बढी संकमित बनेका छन् भने ८८ हजार ५०५ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसले विश्व महामारीको रुप ल्याएपछि विश्वभर कोरोना विरुद्धका सामाग्रीको अभाव छ। यसै क्रममा अहिले कोरोना भाइरस मत्थर बनिरहेको चीनले विभिन्न देशमा मास्क आपूर्तिका लागि सहयोगको हात अघि बढाएको छ। यसै क्रममा यस्तो खबर सार्वजनिक भइरहेको छ की चीनले क्यानडा पठाएका ६० हजार मास्क नक्कली पाइएका छन्।
चीनले पठाएका ६० हजार मास्क मध्ये धेरै जसो मास्क खराब रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। नक्कली मास्कका कारण क्यानडामा ठूलो समस्या उब्जिएको समाचारमा उल्लेख छ। खराब मास्कका कारण कोरोना संक्रमितको सम्पर्कमा आएका डाक्टर तथा नर्सलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै क्यानडा सरकार चिन्तित बनेको छ।
चीनले पठाएका ती मास्क एक हप्ता पहिले टोरंटोका विभिन्न अस्पताललाई दिइएको थियो। मास्क नक्कली पाइएपछि अस्पतालमा बाँडिएका सबै मास्क फिर्ता मागिएको समाचारमा उल्लेख छ। क्यानडा बाहेक स्पेन, नेदरल्याण्ड, चेक रिपब्लिक तुर्कीस्टानलगायतका देशमा पनि चीनले नक्कली मास्क पठाएको बताइएको छ।