चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ । कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा देखिएको छ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ३ लाख बढी संक्रमित बनेका छन्। कोरोना भाइरसको उपचारमा खटिएका कतिपय डाक्टरको मृत्यु भएको छ भने कयौँ संक्रमित पनि बनेका छन्। कोरोना भाइरसको उपचारमा खटिने डाक्टर तथा नर्सको वचाउका लागि पीपीईको आवश्यक पर्दछ। तर विश्वभर यसको अभाव देखिएको छ।
यसैक्रममा अमेरिकामा एक नर्सको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। जसमा उनले अस्पतालमा पर्याप्ट मास्क नभएको कुरा गरिरहेकी छिन्।
३० वर्षीया इमरिस वेराले अमेरिकाको इलिनोयमको एक अस्पतालको आइसीयूमा काम गर्थिन। तर अस्पतालमा पर्याप्त मात्रामा मास्क र अन्य इक्विपमेन्ट नहुँदा उनले अप्रिल महिनाको अन्तमा नोकरी छोडेकी छिन्।
३० अप्रिलमा जब नर्स अस्पताल पुगिन् तब त्यहाँ पर्याप्त मास्क थिएनन्। जब आफ्नै पीपीईको प्रयोग गर्ने प्रयास गर्दा म्यानेजरले आफूलाई रोकेको उनको दाबी छ। अन्ततमा उक्त नियमको खिलास आवाज उठाउँदा उनले आफ्नो जागिर गुमाउनु परेको छ।
आफ्नी बहिनीसँग बस्दै आएकी ती नर्स आफै एक जटिल रगतसम्बन्धी रोगबाट लडिरहेकी छिन्। यदी त्यस्तो अवस्थामा आफू कोरोना संक्रमित भए आफ्नो जीवन खतरामा पर्ने उनको दाबी छ।
उनले भनेकी छिन्, मलाई थाहा छ की मेरो आवश्यक छ। म सहयोग पनि गर्न चाहन्छु । तर मलाई लाग्छ की यो मेरो जिन्दगी र मेरो परिवारको जिन्दगीको मूल्यमाथि भइरहेको छ। यो मेरोलाई अस्वीकार छ।