लकडाउन खुलैसँगै चीनमा कोरोना संक्रमितको संख्या बढ्यो

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  २ : ४७


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ४१४ जनाको मृत्यु भएको छ भने ८४ हजार ३ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ५८ पुगेको छ भने १५ लाख १८ हजार ४७९ जना संक्रमित भएका छन्। 

कोरोना भाइरसको उद्गमस्थिल मानिने चीनमा ७४ दिन लामो लकडाउन बुधबार खुलेको छ। बुधबार लकडाउन खुलेपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको छ। तर लकडाउन खुलेकै भोलिपल्ट चीनमा कोरोना संक्रमितको संख्या बढेको छ। 

कोरोनाको संक्रमण मत्थर बनिसकेको चीनमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित फेला परेका छन् भने २ जनाको मृत्यु भएको छ। यो सँगै चीनमा कोरोना संक्रमितको संख्या ८१ हजार ८ सय २ पुगेको छ भने ३ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ। 

जसमध्ये ७७ हजार २ सय ७९ जना निको भएका छन् भने ११ सय ९० जना एक्टिभ केस रहेका छन्। जसमध्ये १८९ जनाको अवस्था गम्भिर रहेको छ। 


प्रतिक्रिया दिनुहोस्