चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ४११ जनाको मृत्यु भएको छ भने ८४ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन्।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९४० पुगेको छ भने ३१ हजार ९३५ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ७ सय ८१ पुगेको छ भने ४ लाख ३४ हजार ९२७ पुगेको छ ।
ती मध्ये ९ हजार २७९ जनाको अवस्था गम्भिर छ भने २२ हजार ८ सय ८१ जना उपचारपछि घर फर्किएका छन्।