कोरोनाको संक्रमणबाट लण्डनमा पूर्व गोर्खा सैनिकको मृत्यु

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १ : ३७


लन्डन । कोरोना भाइरसको संक्रमणबाट लण्डनमा थप एक नेपालीको निधन भएको छ। तमुधीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष तथा पूर्व सैनिक चेत प्रसाद गुरुङको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो। 

लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा ५९ वर्षीय गुरुङको मंगलबार साँझ निधन भएको तमु धीं लन्डनले जनाएको छ।

पर्वत स्थायी घर भएका गुरुङ लामो समयदेखि परिवारका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए। उनी पूर्व गोर्खा सैनिक गुरुङ १४ दिनदेखि कोरोना भाइरसको संक्रमणबाट पीडित थिए। 

गुरुङको निधनप्रति एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्ति गर्नु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “चेत प्रसाद गुरुङ दाजुको कोरोना संक्रमणबाट भएको असामयिक निधनप्रति म स्तब्ध भएको छु । दुःखको यो घडीमा म स्वर्गीय दाजुको आत्माको चिरशान्तिको कामना गर्दछु। साथै आदरणीय भाउजु लगायत शोक सन्तप्त सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।”


प्रतिक्रिया दिनुहोस्