बहराइनका कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १ : २२


काठमाडौँ । बहराइनमा थप १० जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ। बहराइनको मनामा स्थित नेपाली दुतावासले बुधबार बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी गराएको हो। 

यसअघि बहराइनमा १२ जना नेपालीमा कोरोान भाइरसको संक्रमण भेटिएको थियो। योसँगै बहराइनमा कोरोना संक्रमितको संख्या २२ पुगेको हो। 

केही समयअघि एक क्याम्पमा रहेका विदेशी नागरिकलाई कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि त्यहाँ कार्यरत ४०० जनालाई क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुको कोरोना परीक्षणका क्रममा थप १० नेपालीलाई कोरोना भाइरसको संक्रमणको पुष्टी भएको हो।


प्रतिक्रिया दिनुहोस्