आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १२ : ५१


मिति २०७६ साल चैत्र २७ गते बिहीबार । ईश्वी सन् २०२० अप्रिल ०९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– प्रतिपदा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरमै वसेर गरिने स्वअध्ययनले पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाम राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहने हरुले सँगै बसेर भलाकुसारि गर्न पाउने समय रहेकोछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन्। व्यापार व्यावसायमा मन्दि आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ। 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा घाटा लाग्नेछ। माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ। 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा घाटा लाग्नेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ। 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा रमाउँन चाहानेहरुका लागी समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ। 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ। प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन्। आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वाहिरी वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ। व्यापार व्यावसायमा मन्दी आउँनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैत्रिक सम्पतीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जीवन साथिको समयोगमा राम्रा काम गर्न सकिनेछ। कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वअध्ययनले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन्।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन्। 


प्रतिक्रिया दिनुहोस्