स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्न : मन्त्री ढकाल

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : १४


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहो¥याउनुभएको छ।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र  उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताउनुभएको हो ।

आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै उहाँले कतिपय सामग्री निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन आजै हेलिकोप्टरमार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिनुभयो । 
मागपत्र बुझाउन बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा आउनुभएको थियो 


प्रतिक्रिया दिनुहोस्