भारतलाई थर्काएका ट्रम्पले फेरि भने, नमानेको भए…

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ३ : ०९


काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले अन्ततः भारतलाई मलेरियाको औषधी ‘हाइड्रोक्सिक्लोरोक्विन’को निर्यात गर्नको लागि मनाएको छ।  

आफै कोरोना भाइरसको चपेटामा परेको भारतले औषधि पठाउँला वा नपठाउँला भन्ने प्रश्न उठिरहेको थियो। गत सोमबार ह्वाइटहाउसमा आयोजित ब्रिफिङमा पत्रकारले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले यदि भारतले औषधी नपठाए जवाफी बदला लिने धम्की दिएका छन्।

जवाफमा ट्रम्पले भने, 'मेरो यसबारे मोदीसँग आइतबार फोनसंवाद भएको छ। औषधी पठाइदिए आभारी हुने प्रतिक्रिया दिएको छु। यदि आषैधी आउन रोकिन्छ भने त्यसको पक्कै पनि बदला हुनेछ। जवाफ किन नदिने?'

ट्रम्पको उक्त अभिव्यक्तिपछि भारतमा हलचल मच्चिएको थियो। तर पनि भारतले ट्रम्पको गल्तीलाई वेवास्ता गर्दा मंगलबार औषधि निर्यातका लागि अनुमति दियो। 

भारतबाट औलोको औषधि निर्यातको अनुमति पाएपनि ट्रम्प चुप बस्न सकेनन्। उनले भारतले औषधिको अनुमति नदिए आफूले त्यसको जवाफ नराम्रो तरिकाले दिने बताएका छन्। अमेरिका कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा बढी प्रभावित देश बनेको छ। 

भारतले अनुमति दिएपनि चीनसँग हुनुपर्छ निर्भर
 
रोचक कुरा त के छ भने औलो अर्थात मलेरियाको औषधि आफ्नो देशसम्म पुर्याउनका लागि अमेरिका चीनसँग निर्भर रहनु पर्दछ। अमेरिका र चीनबीच विवाद भइरहेका बेला ट्रम्पले कसरी यसलाई आफ्नो देशमा लैजानसक्छन् भन्ने धेरैका लागि चासोको विषय बनेको छ। भारत हाइड्रोक्सिक्लोरोक्विनको सबैभन्दा ठूलो उत्पादक हो। यो औषधीको विश्वभर हुने कूल निर्यातको ७० प्रतिशत हिस्सा भारतले ओगटेको छ। 

भारतमा हरेक महिना ४० टन अर्थात २०० मिलिग्रामका २ करोड ट्याब्लेट यो औषधी उत्पादन हुन्छ । भारत सरकारले मंगलबार अमेरिकालाई औलोको औषधि निर्यातको अनुमति दिएको छ।  तर, यो उत्पादनमा चीनको ठूलो हिस्सा रहेको छ। अमेरिका र चीनबीच शक्ति संघर्षको विवाद भइरहेका बेला चीनले नचाहेमा अमेरिकाले औषधि लैजान सक्ने सम्भावना न्यून छ। 

कोरोना भाइरसको उद्गमस्थल मानिने चीनले अहिले यसलाई नियन्त्रणमा लिइरहेको छ भने कोरोनाको सबैभन्दा बढी प्रभाव अमेरिकामा देखिएको छ। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख नाघिसकेको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेका बेला अमेरिकाले यसको नियन्त्रणका लागि भारतसँग सहयोग मागेको हो। 

अमेरिकी राट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई औलोको औषधिका लागि राजि त बनाएका छन् तर चीनलाई भने के गर्लान त्यो भने हेर्न बाँकी नै छ।  चीन र अमेरिकाबीच विवाद बढिरहेका बेला अहिले अमेरिकालाई आवश्यक हाइड्रोक्सिक्लोरोक्विन पाउन उसले चीनको भर पर्नुपर्ने स्थितिले शक्ति राष्ट्रको शक्ति सन्तुलन रोचक मोडमा पुगेको छ । 

मलेरियाको सबैभन्दा पुरानो औषधी क्लोरोक्विन हो। तर, यसमा केही सुधार गरेर यसको परिमार्जित संस्करणको रुपमा हाइड्रोक्सिक्लोरोक्विनको विकास गरिएको हो। अहिले यो औषधीमा हुने एन्टिभाइरल गुणलाई मध्यनजर गर्दै यसको प्रयोग कोरोनाभाइरसको उपचारमा पनि गर्न थालियो र यसको प्रभावकारी असर पनि देखियो। विश्वमै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित अमेरिकामा रहेका कारण अमेरिकालाई यसको आवश्यकता परेको हो।  

यो औषधी भारतमा उत्पादन त हुन्छ तर यसको लागि आवश्यक कच्चा पदार्थहरु भारतले चीनबाट आयात गर्छ। भारतमा यो औषधी उत्पादनमा प्रयोग हुने कूल एपीआइको ७० प्रतिशत चीनबाट आउँछ। अहिले यो औषधी भारतमा उत्पादन हुने भए पनि यसको उत्पादन चीनमा निर्भर छ। चीनबाट कच्चा पदार्थ आएमा मात्र भारतीय कम्पनीहरु यो औषधी उत्पादन गर्न सक्नेछन्। त्यसपछि मात्र अमेरिका निर्यात गर्न सकिनेछ।  अमेरिकामा औलो रोग नभएका कारण त्यहाँ यो औषधि पनि बन्दैन्। तर कोरोना भाइरसको उपचारमा सहयोगी रहने भएका कारण यसको आयात अमेरिकाले भारतबाट गर्न खोजेको हो। 


प्रतिक्रिया दिनुहोस्