छोरीसँगै फिल्म निर्माता करीम मोरानीलाई पनि कोरोना संकमण

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ५३


मुम्बई । गायिका कनिका कपूर, अभिनेता पूरब कोहली कोरोना भाइरसबाट संक्रमित भएको घटनापछि बलिउडका अर्को घटना बाहिरिएको छ।

फिल्म निर्माता करीम मोरानीलाई कोरोना भाइरस संक्रमण पुस्टि भएको छ।

करीमकी दुई छोरी जोया र शाजालाई केही दिनअघि संक्रमण पुस्टि भएको थियो।

बुधबार मोरानीमा पनि भाइरस संक्रमण भएको पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

यहि अप्रिल  ६ तारिख अर्थात २ दिन अगाडि शाजा मोरानी र उनकी  बहिनी जोया मोरानीलाई कोरोना पोजिटिभ भएको पुष्टि भएको थियो । 

दुबै दिदीबहिनीको मुम्बईका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

बाबु सहित २ छोरीको रिपोर्ट पोजेटिभ आएपनि करिम मोरानीकी श्रीमती र घरका कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ।

करीमकी जेठी छोरी शाजा मार्चको पहिलो हप्ता श्रीलंकाबाट फर्केकी थिइन्।

सुरुमा उनमा कोरोनाको कुनै लक्षण देखापरको थिएन तर पछि  कोरोना पोजिटिभ पाइयो । 

उनलाई नानावटी अस्पतालमा भर्ना गरिएको थियो।

मोरानीको परिवारका सदस्यहरू र घरेलु सहयोगीहरूलाई आइसोलेसनमा राखिएको छ।

फिल्म निर्माता करीमले शाहरुख खानको 'रा वन', 'चेन्नई एक्सप्रेस', 'नया साल मुबारक' र 'दिलवा'ले लगायत उत्कृष्ट फिल्महरू बनाएका छन्।


प्रतिक्रिया दिनुहोस्