दाङ । राप्ती नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ कोलतराका २६ बर्षीय राजेश खड्काको नुहाउने क्रममा राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।
बुधबार अपरान्ह ४ बजेको समयमा राप्ती नदीमा नुहाउन गएको बेला उनी डुबेर बेहोस भएका थिए । खड्कालाई लमहीस्थित फ्लोरेन्स अस्पतालमा पुराएलगत्तै डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले बताउनुभयो ।
घरबाट आफ्नै भदैसँगै नुहाउन जान्छु भनेर गएका थिए । मृतक खड्काको श्रीमती र तीन छोरी रहेका छन् । शवको पोष्मार्टम गर्न लमही अस्पतालमा राखिएको छ ।