काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटमाथि साइबर हमला भएको छ। ह्याकरको समूहले भायानेटको सिस्टम ह्याक गरेको हो।
भायानेटको साइट ह्याक गरेर त्यहाँ भएका डाटा सार्वजनिक डोमेनमा लिएर राख्न खोजेको कम्पनीले जनाएको छ।
डेटा लिएर पब्लिक डोमेनमा राख्ने प्रयास भएको भायानेटका सञ्चालक बिनय बोहोराले जानकारी दिनुभयो।
सञ्चालक बोहोराका अनुसार भायानेटका प्रयोगकर्ताहरु साढे १ लाख बढी रहेका छन्। यसबाट उपभोक्ताको इन्टरनेट सेवामा भने कुनै प्रभाव पर्ने छैन्।