कोरोना विरुद्धको स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्यो ५ देशलाई पत्राचार

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : १४


काठमाडौँ । कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामाग्री ल्याउने जिम्मा पाएको नेपाली सेनाले सामाग्री खरिदका लागि पाँच देशमा पत्राचार गरेको छ। नेपालले चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको हो। 

सेनाले नेपालमा रहेका विदेशी राजदूतावासका सैनिक सहचारी र नेपालको विदेशस्थित दूतावासमा रहेका आफ्ना सैनिक सहचारीमार्फत स्वास्थ्य सामग्रीको अवस्थाबारे जानकारी लिएको थियो। 

नेपालको आवश्यकता र ती मुलुकमा पाइने स्वास्थ्य सामग्री हेरेर पत्र पठाएको सेनाले बताएको छ। 

सरकारले सेनालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सरकार-सरकार (जीटुजी) प्रक्रियामार्फत खरिद गरेर ल्याउन निर्देशन दिएको थियो। सेनाले कोरोना विपद् व्यवस्थापन केन्द्रले तयार पारेको सूचीका आधारमा स्वास्थ्य सामाग्री खरिद प्रक्रिया अघि बढाएको हो।


प्रतिक्रिया दिनुहोस्