प्रहरीको तलबबाट कोरोना कोषमा जम्मा गरिने

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १२ : ३२


काठमाडौं । नेपाल प्रहरीले पनि कोरोना कोषलाई सहयोग गर्ने भएको छ।

प्रहरी सहायक निरीक्षक (असई) भन्दा माथिल्लो दर्जामा कार्यरत प्रहरी अधिकारीको तलब काटेर कोरोना कोषमा गरिन लागेको हो।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले अधिकृत तहका प्रहरीको ३ देखि ७ दिनसम्मको तलब काटेर कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको हो।

बुधबार पत्र पठाउँदै वैशाख महिनाको तलबबाट कट्टा गरी सो रकम जम्मा गर्न भनिएको छ। 

सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि संगठनले भने तलब कट्टा गर्न पत्राचार गरेको हो।

असईको २ हजार ६ सय ५८ रुपैयाँ र सईको २ हजार ८ सय २० रुपैयाँ कोषमा जम्मा हुनेछ।
 


प्रतिक्रिया दिनुहोस्