वुहानमा लकडाउन हटेपछि झरेका खुसीका आँसु

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : ५९


वुहान । कोरोना भाइरसको उदगमस्थल मानिने वुहान शहरमा ७६ दिनपछि लकडाउन हटाइएको छ।

हाल विश्वलाई संकटमा पारेको यो भाइरसको केन्द्र हो वुहान।

राति १२ बजे लकडाउन हटेपछि नयाँ बिहानीको रुपमा मानिसहरुले न्यानो स्वागत गरेका छन्।

लकडाउन खुला गरिँदा शहरका भवनहरू बत्तीले सजाइएका थिए।

लकडाउन खुलेसँगै हजारौं मानिसहरूले वुहान छाडे।

यात्रा प्रतिबन्ध हटाएपछि मानिसहरू सडक, हवाइ र रेलमार्फत वुहान छोडेको देखिन्थ्यो।

चीनको रेल सेवा विभागका अनुसार बुधबार मात्रै ५५ हजार मानिसले वुहान छाडेका छन्।

लकडाउन खोलिएपनि भित्रि शहरमा अझै प्रतिबन्ध जारी रहेको बताइएको छ। अत्यवाश्यक बाहेक घर नछाड्न अधिकारीहरुले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्