दुई हजार ३६६ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन्

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : ११


काठमाडाैं । नेपालमा हालसम्म दुई हजार ३६६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमित देखिएका छैनन् ।

स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म काठमाडौं उपत्याकाभित्र एक हजार ९६५ जनाको र उपत्यका बाहिर ४०१ जनाको कोरोना भाइरस परीक्षण भएको छ । उपत्यका र उपत्यका बाहिर गरी दुई हजार ३६६ जनाको परीक्षण भएको हो । 

नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भइसकेका छन् । अस्पतालमा उपचाररत आठ जनाको अवस्था पनि सामान्य रहेको डा. देवकोटाले जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्