भारतमा एकै परिवारका ८ जनामा संक्रमण, बाहिर निस्कन रोक लगाइयो

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : ०२


एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणका घटना तिव्र रुपमा फैलिरहका छन्।

यसैबीच एकै परिवारका ८ जनालाई संक्रमण भएको पाइएको छ।

देशभर भयावह स्थिति निम्त्याएको भाइरसबाट मध्य प्रदेशको खरगोन जिल्लमा एउटै परिवारका आठ जनामा संक्रमण फेला परेको अधिकारीहरुले जनाएका छन्।

संक्रमित हुनेमा १३ बर्षीय बालक देखि लिएर ७५ बर्षीय वृद्ध सम्म छन्।

कोरोना भेटिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। उक्त जिल्ला पूर्ण रुपमा सिल गरिएको छ। कसैलाई पनि बाहिर आउन अनुमति दिइएको छैन।

उक्त परिवारका एक ४९ बर्षीय सदस्य दक्षिण कोरियाबाट हालै राजधानी दिल्ली भएर घर फर्केका थिए।

पछि घरमा एक महिलाको मृत्यु भएको थियो। महिलाको रिपोर्ट पोजेटिभ पाइएको हो।

परिवारका अन्य सदस्यमा परिक्षण गर्दा सबैको नतिजा पोजेटिभ पाइएको छ।

उक्त घटनापछि प्रशासनले परिवारका सदस्यको सम्पर्कमा रहेकाहरुको खोजी कार्य जारी राखेको  छ।

भारतमा कोरोना भाइरस संक्रमणका घटना लगातार बढिरहेका छन् । हालसम्म ५ हजार भन्दा बढि संक्रमित छन् भने १४९ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्