उदयपुरका १३ जनाको काेराेना परीक्षण रिपोर्ट आयाे

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १० : ५६


उदयपुर। चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरस कोविड-१९ को आशंकामा स्वाब परीक्षणका लागि पठाइएका उदयपुरका १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले संकलन गरेको १२ र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका टोलीले संकलन गरेको १ सहित १३ जनाकै रिपोर्ट नगेटिभ आएको हो।

स्वाब परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकाका ८ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकाका ४ जना र बेलका नगरपालिकाका १ जनाको पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयाे । त्रिसकेपछि सकिनै जान्छ, त्यसअघि सावधान अपनाएकै बेस।’


प्रतिक्रिया दिनुहोस्