नेपालसँग सीमा जोडिएका सहित १५ जिल्ला भारतले सिल गर्यो

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ३६


लखनउ । भारतको उत्तर प्रदेश सरकारले कोरोना भाइरसको बढ्दो घटनालाई ध्यानमा राख्दै नेपालसँग सिमा जोडिएका सहित राज्यका १५ जिल्लाहरू पूर्ण रूपमा सील गर्ने निर्णय गरेको छ।

मुख्य सचिव राजेन्द्रकुमार तिवारीले भनेका छन्, ''उत्तर प्रदेशमा कोरोना भाइरसको बिरामी बढेकोले तबलीगी जमातका धेरै व्यक्तिको कोरोना भाइरस रिपोर्ट सकारात्मक छ। अहिलेसम्म ३४० भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। यसलाई नियन्त्रण गर्न हरेक तहमा विस्तृत व्यवस्था भइरहेको छ।”

“उत्तर प्रदेशका १५ सबैभन्दा बढी प्रभावित जिल्लाहरू जस्तै गौतमबुद्ध नगर, गाजियाबाद, आगरा, कानपुर, मेरठ, बरेली, महाराजगंज, सहारनपुर पूर्ण रूपमा सिल हुने छन्। संक्रमण फेला परेका घर वरिपरि सेनिटाइजेसन हुनेछ। त्यहाँ आवश्यक वस्तुहरूको डेलिभरी घरघरमा गरिनेछ।”

योगी आदित्य नाथ नेतृत्वको सरकारले यी जिल्लाहरु अप्रिल १३ तारिख सम्ममा पूर्ण रूपमा बन्द हुने जनाएको छ।

अब त्यहाँ कुनै पसलहरू खुल्नेछैन, केवल आवश्यक चीजहरू घरमै डेलिभरी गरिनेछ। केवल कर्फ्यू पास गर्नेहरूलाई मात्र घर छोड्न दिइनेछ। 

अप्रिल १३ मा स्थिति पुनरावलोकन हुनेछ त्यसपछि अर्को निर्णय लिइनेछ।


प्रतिक्रिया दिनुहोस्