काठमाडौँ । उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका रामेछापका एक व्यक्तिको मृत्यु भएको छ। ज्वरो आएपछि अस्पताल भर्ना भएका मन्थली नगरपालिका–११ का ६७ वर्षीय तुल बहादुर थापा मगरको मंगलबार राति मृत्यु भएको हो।
ज्वरो आएपछि थापालाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको भएपनि राति साढे ११ बजे उनको मृत्यु भएको अस्पताल स्रोतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीका अनुसार ज्वरोका कारण मृत्यु भएका उनको कोरोना परीक्षणका लागि स्वाब राति नै धुलिखेल अस्पताल पठाइएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन्।
मृत्यु भएका थापाको शव प्रहरीले परिवारको जिम्मा लगाएको छ।