काठमाडौँ । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले ९ प्रश्न गर्नुभएको छ।
उहाँले संसद् चलिरहेका भए प्रधानमन्त्रीको सम्बोधन र सांसद्को प्रश्न उत्तर त्यही हुने बताउँदै अहिलेको अवस्थामा प्रश्न गर्नका लागि सामाजिक सञ्जालको सहयोग लिएको बताउनुभएको छ। उहाँले प्रतिकुल स्वाथ्यका वाबजुद पनि संकटको घडीमा विदेशमा छरिरहेका नेपालीलाई ढिलै गएपछि ढाढस दिएको पनि उल्लेख गर्नुभएको छ।
साथै उहाँले सरकारसँग -यापिक टेष्ट गर्ने उपकरणको गुणस्तरका बारेमा प्रश्न गर्नुभएको छ। उहाँले -यापिक टेष्टका लागि प्रोटोकल, विधि र प्रक्रियाका बारेमा पनि प्रश्न उठाउनुभएको छ।
हेर्नुहोस् प्रधानमन्त्री ओलीलाई गगन थापाका प्रश्न