बोल्दा र कुरा गर्दा पनि फैलिन्छ कोरोना, वैज्ञानिकले गरे यस्तो दाबी

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ४ : २७


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि हरेक देशले विभिन्न उपाय अवलम्बन गरिरहेका छन्। 

कोरोना भाइरसको लक्षण ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिने गर्दछ। कोरोना भाइरसको संक्रमण श्वास लिदा र बोल्दा पनि फैलिने वैज्ञानिकले दाबी गरेका छन्। 

अमेरिकाको नेशनल इन्टिट्युट अफ हेल्थका इन्फेक्शस डिजिजका प्रमुख एन्थोनी फोसीले यस्तो दाबी गरेका हुन्। खोकी र हाछ्यु गर्दा मात्रै नभइ बोल्दा र श्वास लिदा पनि कोरोना भाइरसको संक्रमण फैलिने उनले बताएका छन्।

उनले बिरामीले मात्र नभइ सबै व्यक्तिले मास्क अनिवार्य लगाउन आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्