अमेरिका । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म ८२ हजार २५ जनाको मृत्यु भएको छ भने १४ लाख ३० हजार ५९० जना संक्रमित बनेका छन्। जसमध्ये ३ लाख २ हजार १४५ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी व्यक्तिको मृत्यु भएको छ । मंगलबार मात्रै अमेरिकामा १९ सय ७० जनाको मृत्यु भएको छ भने ३३ हजार ३३१ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ८४१ पुगेको छ भने ४ लाख ३३५ जना संक्रमित बनेका छन्। जसमध्ये अहिलेसम्म अमेरिकामा २१ हजार ६७४ कोरोना संक्रमित उपचारपछि निको भएका छन्।
त्यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा १४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ नयाँ संक्रमित थपिएका छन्। यो सँगै फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ भने १ लाख ९ हजार ६९ जना संक्रमित भएका छन्। जहाँ अहिलेसम्म १९ हजार ३३४ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।
त्यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा ७०४ जनाको मृत्यु भएको छ भने ५ हजार २६७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै स्पेनमा अहिलेसम्म मृत्यु हुनेको संख्या १४ हजार ४५ पुगेको छ भने १ लाख ४१ हजार ९४२ जना संक्रमित बनेका छन्। जसमध्ये ४३ हजार २०८ संक्रमित उपचारपछि घर फर्किएका छन्। उपचारपछि निको भएको यो संख्या अमेरिकाभन्दा बढी छ।
इटालीमा २४ हजार ३४२ जना, चीनमा ७७ हजार १६७ जना, जर्मनमा ३६ हजार ८१ जना, इरानमा २७ हजार ३९ जना, उत्तर कोरियामा ६ हजार ६९४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।