मिति २०७६ साल चैत्र २६ गते बुधबार, ईश्वी सन् २०२० अप्रिल ०८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– पूर्णिमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ऋण,रोग तथा संकटको सामना गर्नु पर्नेछ भने आफन्तहरुले नै तपार्ईँसँग सत्रुता पुर्ण व्यावहार गर्नेछन् । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ । व्यापारमा घाटा लाग्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पति पत्नी विच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानशिक तनाव बढ्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा घाटा लाग्ने तथा दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गर्न पाईनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । तापनि आफन्त तथा मन परेको मानिस सँग रमाईलो यात्राको तय गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । परिवार तथा छोरा छोरीका साथ घरमै बसेर समय व्यातित गर्न सकिनेछ ।