साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिनुभएको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना सङ्क्रमणका विरामीको सङ्ख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिनुभएको जनाएको हो।
स्वास्थ्यमन्त्री तफिक अल रवियाले भन्नुभयो, “अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा सङ्क्रमण दर बढ्नसक्ने बताएका छन् । यो सङ्ख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।”
विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ । खाडी मुलुक साउदी अरबमा सङ्क्रमितको सङ्ख्या दुई हजार ७९५ पुगेको छ ।