के पत्ता लागेको हो कोरोना भाइरसको औषधि ? १५ लाख डोज ‘फ्री’मा दिदै कम्पनी

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ३१


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका २०९ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ७७ हजार ३१६ जनाको मृत्यु भएको छ भने १३ लाख ७४ हजार मानिस संक्रमित भएका छन्। 

विश्व कोरोनाबाट त्रसित रहेका बेला वैज्ञानिक भने त्यस विरुद्धको औषधि पत्ता लगाउनमा व्यस्त देखिएका छन्। जुन 'ड्रग'बाट इबोलाको उपचारमा सहयोग मिलेको थियो, त्यसलाई अब कोरोना भाइरसबाट संक्रमित व्यक्तिमाथि क्लिनिकल परीक्षण सुरु गरिदैछ। यस ड्रगको नाम remdesivir हो । यसलाई अमेरिकाको क्यालिफोर्निया कम्पनी गिलिड साइन्सेजले तयार पारेको हो। उक्त कम्पनीले १५ लाख डोज फ्रिमा दिने पनि बताएको छ। 

कम्पनीले परीक्षणमा सयौँ कोरोना भाइरसका संक्रमितलाई सहभागी गराउने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यस अघि यो ड्रगलाई इबोलाविरुद्ध लड्नका लागि बनाइएको थियो। कोरोना भाइरस जुन प्रोटिनको माध्यमबाट फैलिन्छ, त्यसलाई यो ड्रगले बन्द गराउन सहयोग गर्ने बताइएको छ। यो परीक्षण सफल भएमा तिब्र रुपमा फैलिएको संक्रमण रोक्न मिल्ने ठूलो अपेक्षा गरिएको छ। 

वास्तवमा अमेरिकाको नेशनल इन्टिट्युट अफ हेल्थले पनि remdesivir औषधिमाथि अध्ययन गरिरहेको छ। अध्ययनको सुरुवातबाटै ४४० संक्रमितमा यसको परीक्षण गरिने समाचारमा उल्लेख छ। तर गिलिड साइन्सेज कम्पनीले पनि आफ्नो तर्फबाट परीक्षणको सुरुवात गर्ने घोषणा गरेको छ। साथै उक्त कम्पनीले परीक्षणका लागि १५ लाख डोज फ्रिमा दिने घोषणा पनि बताएको छ।

 


प्रतिक्रिया दिनुहोस्