घोराही सिमेण्ट उद्योगले फेरि दियो वडा नं. ४ मा खाद्यान्न

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : २७


दाङ । घोराही सिमेण्ट इन्डस्ट्री प्रालिले घोराही उपमहानगरपालिका वडा नं. ४ मा फेरि खाद्यान्न दिएको छ । उद्योगका प्रतिनिधिहरु अमर सुवेदी, विकास शर्मा र प्रल्हाद अधिकारीले वडाध्यक्ष भीमबहादुर सार्कीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।

घोराही सिमेण्ट उद्योगले सोमवार १०७ क्वीन्टल चामल र ३ क्वीन्टल दाल वडाध्यक्ष सार्कीलाई हस्तान्तरण गरेको जनसम्पर्क अधिकारी अमर सुवेदीले बताउनु भयो । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउनको घोषणा गरेपछि गरिव तथा दैनिक ज्यालादारीमा काम गरी खाने विपन्न वर्गका लागि उद्योगले राहतस्वरुप खाद्यान्न उपलव्ध गराएको हो ।

यसअघि पनि वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीलाई उद्योगले खाद्यान्न उपलव्ध गराएको थियो । घोराही सिमेण्ट उद्योगका प्रतिनिधि अमर सुवेदीका अनुसार उद्योगकै विकास शर्माले यसअघि नै १७ क्वीन्टल चामल, १ क्वीन्टल दाल र ३४ लिटर तेल वडाध्यक्ष भीमबहादुर सार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । 
 


प्रतिक्रिया दिनुहोस्