कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा मृत्यु भएका युवकको कोरोना रिर्पोट आयो

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : १३


कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले बताउनुभयो । बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उपचार गरिएको बञ्जाडेले बताउनुभयो । रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । 

नेपालगञ्जमा कोरोना जाँच यन्त्र जडान 
राँझा –कोभिड–१९ को परीक्षण गर्न नेपालगञ्जमा पोलिमर चेन रिएक्सन (पिसिआर) मेशिन जडान  शुरु भएको छ ।  बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान आजदेखि शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज नेपालगञ्ज आइपुगेको यन्त्त जडान गर्न शुरु गरिएको छ । यन्त्र जडान गरेर एकदुई दिनमै कोरोना भाइरस परीक्षण शुरु गरिने छ । भेरी अस्पतालमा जडान भइरहेको यन्त्रले एक दिनमा सय जना जतिको कोरोना भाइरस नमूना परीक्षण गर्न सक्नेछ । 

भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेशिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफँै खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।  


प्रतिक्रिया दिनुहोस्