काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्ने ५४५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार मात्रै काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५१० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हाे । बिहान ६ बजे देखि दिउँसो ४ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।