काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट नेपालका तीन जिल्ला सबैभन्दा प्रभावित हुन सक्ने आंकलन गरेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सूदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी र अछाम तथा कर्णालीको जुम्ला र बागलुङ जिल्ला महामारी संक्रमणका हिसाबले जोखिमपूर्ण रहेको निस्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिनुभएकाे छ ।
ती जिल्लामा शिघ्र परीक्षण गर्ने निर्णय समितिले गरेको छ । भारतमा लकडाउन भएपछि ती जिल्लाका मानिस ठूलो संख्यामा घर फर्केका छन् । तीन दिनअघि मात्र कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।