कोरोनाको उपचारमा खटिएका ५० बढी डाक्टरलाई पक्राउ गरेर जेल पुर्‍याइयो

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १० : ५९


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ। कोरोनाले त्रसित विश्वका विभिन्न देशमा विभिन्न सर्तकता अप्नाएका छन्। 

पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमणबाट अछुतो रहन सकेको छैन्। पाकिस्तामा यो समाचार तयार पार्दासम्म ३ हजार ७ सय ६६ जना संक्रमित भएका छन् भने ५३ जनाको मृत्यु भएको छ। 

पकिस्तामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेका बेला सोमबार ५० बढी डाक्टरलाई पक्राउ गरिएको छ। कोरोना भाइरसविरुद्धको लडाइका लागि सुरक्षा सामाग्रीको माग गरिरहेका डाक्टरलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। 

न्यूज एजेन्सी एएफपीका अनुसार पाकिस्ताको दक्षिण पश्चिम शहर क्वेटामा कोरोनाको उपचारमा खटिने डाक्टरले आफ्ना लागि सुरक्षा सामाग्रीको माग गरिरहेका ५० बढी डाक्टरलाई पक्राउ गरेर प्रहरी चौकी लगिएको हो। 

विश्वमै यतिबेला पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको कमी रहेको छ। तर आफ्नो सुरक्षाका लागि सरकारसँग यसको माग गरेका चिकित्सकलाई पक्राउ गरेर थुनामा राखेको पाकिस्ताको उक्त कदमको चौतर्फी विरोध भएको छ। 


प्रतिक्रिया दिनुहोस्