इस्लामावाद । कोरोना भाइरसका कारण पाकिस्तानमा गरिएको लकडाउनले गर्दा कैयन जनावरहरु मरेका छन्।
लकडाउनको चपेटामा परेका पाकिस्तानी शहरहरूमा तालाबन्दी भएपछि पाल्तु जनावर मरेका हुन।
भाइरसको महामारी बढ्दै जाँदा पाकिस्तानका प्रमुख शहरहरू अहिले बन्द छन्। सकडमा छाडिएका जनावरहरु भोकले मरेको समाचारमा जनाइएको छ।
कराची लगायतका शहरमा कुकुर लगायतका जनावहरु जीवित तर मृत्युको मुखले छटपटाइरहेका छन्।
लकडाउन हुँदा शहरहरू पालिएका सयौं बिराला, खरायोहरु खोरभित्रै मृत भेटिन थालेका छन।
लकडाउनका भएका अहिले धेरै मुलुकमा यस्तै समस्या देखिन थालेको छ।
नेपालमा पनि लकडाउनका कारण मान्छे घरभित्रै थुनिँदा नेपालमा समेत सडकका जनावरको अवस्थ दयनीय हुन थालेको छ।
पशुपति, स्वयम्भु लगायत स्थानका बाँदर, सडक कुकुर लगायतका जनावर संकटमा परेका छन।