प्रधानमन्त्री ओलीको सम्बोधनमा पूर्वराजा दुःखी

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ४६


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुःखी भएकाे बताउनुभएकाे छ । सामाजिक सजालमार्फत् उहाँले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको भन्दै निराश बनेकाे बताउनुभएकाे हाे ।

ट्वीटरमार्फत् पूर्वराजा शाहले भननुभएकाे छ- ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक हो । राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’


प्रतिक्रिया दिनुहोस्