काठमाडौं । मेडिकल उपकरणमा कालोबजारी गर्ने जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल पक्राउ परेका छन् । कोरोना भाइरसको महामारीसँगै बिक्री ह्वात्तै बढेको ज्वरो नाप्ने थर्मगनकाे कालोबजारी गरेकाे आराेपमा उनी पक्राउ परेका प्रहरीले जनाएकाे छ ।
३ देखि ५ हजार रुपैयाँ पर्ने इन्फारेड थर्मल गनको बजारमूल्य जहाज भाडा जोड्दा ७ हजार रुपैयाँ हुनेमा अग्रवालले १६ हजार रुपैयाँमा बिक्री गर्दैआएका थिए ।