काठमाडाैं । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरसका कारण मृत्यु भएको छ । एलायन्सका सेक्रेटरी खलेद अल(म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।
अल जा जीराकाअनुसार उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । लिबियामा भने अहिलेसम्म १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ ।