चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ। तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका लागि विश्व त्रसित छ।
कोरोना भाइरसबाट बच्न मास्कको प्रयोग गर्न चिकित्सकले सल्लाह दिने गरेका छन्। तर कोरोनाबाट बच्न प्रयोग गर्ने त्यही मास्क पनि प्रयोग गर्न नजान्दा घातक बन्न सक्ने अध्ययनले देखाएको छ।
हालै ल्यान्सेट जनरलमा प्रकाशित अध्ययनका अनुसार कोरोना भाइरस सर्जिकल मास्कमा १ हप्तासम्म बाँच्ने गरेको पत्ता लागेको हो। यूनिभर्सिटी अफ हङकङका सोधकर्ताले कोरोना भाइरस अनुकुल वातावरणमा लामो समयसम्म बाँच्ने गर्दछ।
यो कोठाको तापक्रममा अलग अलग सतहमा कति समय जिवित रहन्छ भन्ने बारे अनुसन्धान गरिएको थियो। यसबाट कोरोना भाइरस प्रिन्टिङ र टिस्यू पेपरमा ३ घण्टा भन्दा कम समय रहन्छ भने कपडामा एक दिन बाँच्ने गर्दछ। त्यस्तै स्टील र प्लास्टिकको सतहमा ४ देखि सात दिनसम्म रहने गर्दछ।
मस्कमा ७ दिनभन्दा पनि बढी समय पाइयो संक्रमण
अध्ययन कर्ताका अनुसार सर्जिकल मास्कमा सातदिनसम्म यो भाइरसको संक्रमण पाइएको छ। त्यसैले यो आवश्यक छ की मास्क लगाएर त्यसलाई नछुनुहोस्। यदी तपाईले मास्क छुनुभयो भने उक्त संक्रमण तपाईको हातमा सर्न सक्छ। सोधकर्ताले मुख, अनुहार तथा नाकलाई हात धोएर मात्र छुन आग्रह गरेका छन्। प्रयोग गरिसकेको मास्कलाई बन्द भाँडोमा फाल्न पनि विज्ञले सुझाव दिएका छन्।