काठमाडौँ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर मौसम सामान्यतया सफा रहेको साथै आज दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज मंगलबार राति भने देशका पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली भई बांकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।