दैलेखमा कोरोनाको आशंका गरिएका ९ जनाको स्वाब परीक्षणमा

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ५०


दैलेख । नौमूले गाउँपालिकाबाट कोरोना भाइरस सङ्क्रमणका आशङ्कामा नौ जनाको स्वाब सोमबार नमूना परीक्षणका लागि सङ्कलन गरी लगिएको छ । स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा निर्देशनालयका र स्वास्थ्य कार्यालय दैलेखको टोली नौमुले पुगेको स्वास्थ्य कार्यालयका डा निरन्जन पन्तले जानकारी दिनुभयो ।

दैलेखका ११ वटै स्थानीय तहमा भारतबाट दैलेख आएका व्यक्तिको पहिचान गरिएको र सोही आधारमा स्वास्थ्यजाँच गर्दै लक्षणका आधारमा स्वाब परीक्षण गर्न लागिएको डा पन्तले बताउनुभया ।  टोली आज आठबीस नगरपालिका पुग्ने छ ।

 आठबीस र चामण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्यजाँचसँगै समस्याका बारेमा परामर्श पनि  गरिएको छ।

भारतबाट दैलेख आएका  करीब एक हजार पाँच सय जना पुगेपछि जिल्लामा सतर्कता बढाइएको छ।


प्रतिक्रिया दिनुहोस्