युएई । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट युएईमा एक नेपालीको मृत्यु भएको छ। रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको हो।
४० वर्षीया पराजुली उनी कार्यरत घरमै अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।
दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो।
उनी ९ वर्षदेखि दुबईमा कार्यरत थिइन्। उनका श्रीमान डोलराज पनि एक महिनादेखि भिजिट भिसामा युएईमै छन्।