दाङ । घोराही सिमेण्ट इन्डस्ट्री प्रालिले कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउनमा परेको समयमा घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुमा खाद्यान्न सहयोग गर्दै आएको छ । उद्योगले आज घोराही उपमहानगरपालिका १९ को खाद्य बैंकमा पनि खाद्यसामग्री जम्मा गरेको छ ।
वरिष्ठ जनसम्पर्क अधिकारी अमर सुवेदीका अनुसार वडा नं. १९ को वडा कार्यालय सैघामा पुगेर उद्योगका प्रतिनिधि सुल्ताना राम, विकास शर्मा पुगेर वडाध्यक्ष हर्कबहादुर घर्तीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।
उद्योगले वडा नं. १९ को खाद्य बैंकमा ९ क्वीन्टल चामल, १ क्वीन्टल दाल र ६० किलो नुन जम्मा गरेको जनसम्पर्क अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
उद्योगले यसअघि बंगलाचुली गाउँपालिकाको खाद्य बैंक, घोराही उपमहानगरपालिकाका वडा नं. ३ र ४ का वडा खाद्य बैंकमा खाद्यसामग्री हस्तान्तरण गरेको थियो ।
यो पनि
बंगलाचुली गाउँपालिकाको खाद्य बैंकमा घोराही सिमेण्टको चामल
घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा घोराही सिमेण्टको खाद्यान्न
घोराही उपमहानगरमा घोराही सिमेण्टले दियो खाद्यान्न