काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठकको आह्वान गरेको छ । चिकित्सा सामग्री खरिद प्रकरणमा अनियमिता र कोरोना रोकथामका लागि सरकारको प्रयास फितलो भएको भन्दै सचिवालय सदस्यहरुले बैठक आव्हान गर्न माग गरेका थिए ।
सचिवालय बैठक बोलाउन नेकपामा चर्को दबाब थियो । पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले त झन सार्वजनिकरुपमै ट्वीट गर्दै सचिवालय बैठकको माग गर्नुभएको थियो ।
पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैठक बोलाउन दबाब दिनुभएको थियो । अध्यक्षद्वयबीच परामर्श नभएको भन्दै प्रचण्डले बैठक आव्हान गर्न सक्नुभएको थिएन ।
दवाव बढ्दै गएपछि मंगलरबार अपरान्ह ४ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भोलि ४ बजेका लागि सचिवालय बैठक आव्हान भएको छ ।’