बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ३२


काठमाडौं । मन्त्रिपरिषद बैठकले बैशाख ३ गतेसम्म 'लकडाउन' गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको समयावधि ८ दिन थप गरेको हो।

यसअघि दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरात सम्म थियो।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । 

चैत १७ मा थप एक हप्तासम्म लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो।

म‌ंगलबार (भोलि) त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।

भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाइएको हो।


प्रतिक्रिया दिनुहोस्