जापान । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०८ देशमा फैलिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि हरेक देशले सक्दो प्रयास गरेका छन्।
कोरोना भाइरसको संक्रमण अचानक बढेपछि जापानमा आपतकालिन घोषणा हुनसक्ने संकेत गरिएको छ। भोलि अर्थात मंगलबार जापानका प्रधानमन्त्री शिंजो आबेले राष्ट्रका नाममा सम्बोधन गर्दै छन्। सम्बोधनका क्रममा जापानमा प्रधानमन्त्रीले ६ महिना आपतालको घोषणा गर्ने तयारी गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
समाचार एजेन्सी रोयटर्सले लेखेको छ, जापान सरकारले कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले ६ महिनाका लागि आपतकालिन घोषणाको संकेत गरेको छ। ता की मानिसहरु घर बाहिर ननिस्किउन।
जापानमा आइतबार मात्रै ५५० जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। जापानमा अहिलेसम्म कोरोनाबाट ८५ जनाको मृत्यु भएको छ भने ३ हजार ६ सय ५४ जना संक्रमित बनेका छन्।